गोरिल्लाले गोरिल्लाकै फोटो हेर्दा हेर्नुस् न कत्ति रमाएको (भिडियो) !

यस्तो पो दाजुभाइ ! दाईले भाईलाई कत्ति माया गरेको ! हाम्रोतिर भने दिनदिनै काटाकाट मारामार गर्दछौं हामीहरु !

दोहोरी घम्साघम्सी : रिता थापा र पशुपति शर्माको अर्को रोइला गीत प्रतियोगिता हेर्न छुट्ला है !

रमाइलो दोहोरी घम्साघम्सी हेर्न नछुटाउनु होला है ! : रोधी घरमा कुम जोडी नाचौला आऊ है बेलुकीमा लयमा

मोडल महिमा सिलवालको हट एण्ड सेक्सी फोटोशुट हेर्नुहोस्

जीवन धान्न यौन धन्दा, एक प्याकेट बिस्कुटमा शरीर बेचिन्छ यहाँ

अति भएपछि आफ्नै पतिको घरअगाडि एक सातादेखि धर्ना

जीवन धान्न यौन धन्दा, एक प्याकेट बिस्कुटमा शरीर बेचिन्छ यहाँ

अति भएपछि आफ्नै पतिको घरअगाडि एक सातादेखि धर्ना

जीवन धान्न यौन धन्दा, एक प्याकेट बिस्कुटमा शरीर बेचिन्छ यहाँ

अति भएपछि आफ्नै पतिको घरअगाडि एक सातादेखि धर्ना

जीवन धान्न यौन धन्दा, एक प्याकेट बिस्कुटमा शरीर बेचिन्छ यहाँ

४ धोकेवाज दलबाट निक्लौ, जनजाति एकजुट भइ नयाँ पार्टी खोलौ


नेपाल आदिवासी जनजाति महासंघ
संघीय परिषद् सचिवालय

प्रेस विज्ञप्ति
मितिः २०६९ असार ३ गते

नेपाल कम्युनिष्ट पार्टी एमालेले नेपाल आदिवासी जनजाति महासंघका महासचिव आङकाजी शेर्पा किसानलाई पार्टीबाट निष्काशन गर्ने लज्जास्पद निर्णय गरेको छ । एकीकृत नेकपा माओवादीले आयोजना गरेको सभामा वक्ता बनेको भन्दै उहाँलाई एमालेले पार्टीबाट निष्काशित गरेको छ । यसमा नेपाल आदिवासी जनजाति महासंघ यो स्पष्ट पार्न चाहन्छ कि महासंघमा दलीय आधारमा प्रतिनिधित्वको व्यवस्था छैन । यो पनि स्पष्ट पार्न चाहन्छ कि महासंघ न एमालेको भ्रातृ संगठन हो न अन्य कुनै राजनीतिक दलको ।

यस सम्बन्धमा महत्वपूर्ण र ध्यानयोग्य कुरा यो छ कि आङकाजी शेर्पाले नेपाल आदिवासी जनजाति महासंघको महासचिवको हैसियतले माओवादीको सभामा आफ्नो ब्यक्तिगत विचार राख्नुभएको हो । महासंघका पदाधिकारीहरुले माओवादीको मात्र होइन अन्य विभिन्न राजनीतिक दलका कार्यक्रममा उपस्थित भएर विचार राख्ने गरेका छौं । महासंघ अधिकारमुखी साझा संस्था भएकाले जुनसुकै राजनीतिक दलको कार्यक्रममा गएर यसका पदाधिकारीहरु विचार राख्न स्वतन्त्र छन् । महासंघको महासचिवको हैसियतले माओवादीको सभामा वक्ता बनेकै आधारमा आङकाजी शेर्पालाई एमालेले आफ्नो पार्टीबाट निष्काशित गर्नु हास्यास्पद त हो नै यो भन्दा पनि सो पार्टीभित्र मौलाएको अधिनायकवाद प्रकट भएको छ । यसबाट एमालेले प्रकारान्तरले महासंघमाथि हस्तक्षेप गर्न खोजेको छ जसको हामी घोर भत्स्रना गर्दछौं । नेकपा एमाले कति संघीयता विरोधी छ भन्ने यसबाट थप पुष्टि भएको छ ।

अबका दिनमा मुलुकका ठूला भनिएका राजनीतिक दलहरुभित्रका संघीयता विरोधीहरुले संघीयताको पक्षमा रहेकाहरु तथा आदिवासी जनजातिलाई पाखा लगाउने अभियान चलाइने यस घटनाबाट देखिएको छ । यो परिस्थितिमा संघीयता पक्षधर तथा नागरिक अधिकारका पक्षधरहरुले संविधानसभा विघटन गर्ने षडयन्त्रमा मुख्य रुपमा जिम्मेवार चार राजनीतिक शक्तिमा बसिरहनुको कुनै औचित्य देखिँदैन । यो परिस्थितिमा संघीयता र नागरिक अधिकारको पक्षमा रहेकाहरुले संविधानसभा विघटन गर्न जिम्मेवार चार राजनीतिक शक्तिको सदस्यता त्यागेर सम्पूर्ण नेपालीलाई समेट्ने नयाँ राजनीतिक शक्ति निर्माण गर्नुको विकल्प रहेको देखिँदैन । तसर्थ संघीयता र नागरिक अधिकारका पक्षधरहरुलाई चार राजनीतिक शक्ति त्यागेर नयाँ राजनीतिक शक्ति निर्माणको बाटोमा अग्रसर हुन हार्दिक अपिल गर्दछौं ।

राजकुमार लेखी
अध्यक्ष
नेपाल आदिवासी जनजाति महासंघ
संघीय परिषद् सचिवालय