गाजामा भएको इजरायली र प्यालेष्टाइन सैनिकहरुको दोहोरो गोलाबारीमा कम्तिमा २६ जनाको मृत्यु भएको छ । आजको चौथो दिनसम्म ५ सर्वसाधारणसहित २६ प्यालेष्टाइनीहरुको मृत्यु भएको हो । ८० भन्दा बढी प्यालेष्टाइनी नागरिकहरु घाइते भएका छन् । प्यालेष्टाइनी सेनाले पनि गाजा क्षेत्रमा रकेट प्रहार गरिरहेको थियो । यसैबीच इजरायली सेनाले दुईपक्षबीच युद्धविराम भएको जनाएको छ ।