कास्कीको लेखनाथ नगरपालिका–८ शिशुवा चोलीमाटीमा एउटी आमाले दुई छोरीलाई संगै सुताएर आगो लगाउदा दुई छोरी सहित उनको पनि मृत्यु भएको छ । राती करिब ३ बजे भएको घटनामा ३५ बर्षीय आमा सीता ओझा र १३ बर्षीय जेठी छोरी सिमानाको घटनास्थलमै मृत्यु भएको थियो । आठ बर्षीय कान्छी छोरी स्वष्तिकाको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
घटनाको प्रकृति हेर्दा आमाले दुई छोरीलाई सँगै सुताएर निदाएपछि सिरकमा मट्टितेल खन्याएर आगो लगाएको हुनसक्ने प्रहरीले जनाएको छ । घटना हुँदा सीताका पति शिव कोठामा एक्लै सुतेका थिए भने सीता दुई छोरीसहित पसल भएको सटरमा सुतेकी थिइन् । प्रहरीले पति शिव ओझालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । - Avenues Tv