काठमाडौं, २४ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गभन्दा पूर्व पट्टीको भागमा रहेको घाँसे मैदानमा अकस्मात आगलागी भएको छ । साँझ ६ बजेबाट सुरु भएको आगलागीका कारण विमानस्थलमा उडान र अवतरण रोकिएको छ ।
सेनाले अभ्यास गर्दा अनियन्त्रित भई आगो फैलिएको थियो । आगो नियन्त्रणमा काठमाडौँ, भक्तपुर र ललितपुरका सबै दमकलहरुको प्रयोग गरिएको विमानस्थलमा कार्यरत डीआइजी नारायण बस्ताकोटीले बताए ।
विमानस्थल प्रहरीका अनुसार आगोले कुनै क्षति पुर्याएको छैन । आगो लाग्नुको कारण खुल्न नसकेको उनले जनाएका छन् । आगो नियन्त्रणमा आएपछि पनि थप १ घन्टा उडान प्रभावित हुने विमानस्थल प्रशासनले जनाएको छ ।