मुहारभरि रौँ उम्रेपछि ३ बहिनीलाई बिहेको चिन्ता (भिडियो सहित)
भारत, महाराष्ट्र पुनेको एक गाउँका सविता, मोनिषा र सावित्रीका शरीरमा धेरै रौँ उम्रिएका छन् । यस रोगको नाम हो ‘हाइपरट्रिकोसिस युनिवर्सालिस डिसअर्डर ।’ यस रोगलाई ‘वियरउल्फ सिन्ड्रोम’ पनि भनिन्छ । यस रोगले शरीरको शिरदेखि पाउसम्म रौँ उम्रिन्छ । एक सय करोड मानिसहरुमध्ये एकदुई जनामा मात्र यो रोग देखिन्छ । यिनीहरुले रोगको असर लुकाउन दिनहुँ क्रिम लगाउनु पर्छ । यी तीन बहिनीहरुले समाजमा विभिन्न टिप्पणी सुन्नु पर्छ । यिनीहरुको सबैभन्दा चिन्ताको विषय विवाह हुँदैन भन्ने रहेको छ ।